रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र र्याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले विरोध गरिरहेको छ ।
मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले प्रशासनले आवश्यक सुरक्षाको तयारी गरेको जानकारी दिए ।
सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्न शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार बिदा भएकाले म्याद थपका लागि आइतबार अदालत लगिएको हो । लामिछाने गोरखा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहदा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा अवैध रुपमा रकम गएको देखिएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












