सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
काठमाडौं । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दित्तेल जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पुल बाढीले भत्काएपछि यातायात अवरुद्ध हुँदा गाईघाट दिक्तेलका व्यापारिक कारोबार घट्न पुगेको हो ।
त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष रमेश विककाअनुसार गाईघाट दिक्तेल सगरमाथामार्ग नियमित सञ्चालन हुँदा खोटाङको दिक्तेलसँग नियमित गाईघाटबाट दैनिक पाँच लाखदेखि १५ लाखसम्मको वस्तु आपूर्ती हुने गरेको थियो । तर अहिले यातायात सेवा अवरुद्ध भएपछि गाईघाट दिक्तेलको व्यापारिक कारोबार झण्डै शून्य जस्तै बन्न पुगेको उनको भनाइ छ ।
हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका सदस्य सुरेश श्रेष्ठका अनुसार सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले भत्काउन अघिसम्म गाईघाट दित्तेल सडक खण्डमा दैनिक चार वटा ठूला बस सञ्चालन हुने गरेको थियो । हाल गाईघाट दित्तेल सिधा यातायात सञ्चालन छैन ।
उक्त सङ्घअन्तर्गत गाईघाट दित्तेल सडक खण्डमा यातायात सञ्चालन हुँदा प्रतिदिन रु एक लाखसम्मको कारोबार हुने गरेको थियो । तर अहिले घाटा बढिरहेको सङ्घका पूर्वमहासचिव ओमभक्त मैनालीले बताए।
गाईघाट दित्तेल सडक खण्ड अवरुद्ध भएपछि दित्तेल क्षेत्रका व्यापारीहरु सिद्धिचरणमार्गअन्तर्गत कटारी–घुर्मी–ओखलढु्गाको हर्कपुर–हलेसी हुँदै मालसामान लगिरहेको खोटाङ खोेटेहाङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठले बताए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












