पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ आज (सोमबार)देखि सुरु भएको छ ।
फ्लोरिकल् एसोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामा यही कार्तिक १६ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले गरेका छन् । उनले तिहार पर्वको अवसरमा भारतदेखि आउने फुललाई भन्दा स्वदेशी फुललाई प्राथमिकता दिनुपर्ने बताए । प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत र छुटमा विभिन्न कृषि सम्बन्धि कार्यक्रम ल्याएको पनि उनले जनाए।
प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा, कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २४ वटा प्रदर्शनी कक्षहरू रहेको फ्यान कास्कीका अध्यक्ष राम प्रसाद सुवेदीले बताए । उनका अनुसार न्यूनतम ५० रुपैयाँदेखि १६ हजार मूल्य बराबरको वेगमवेली जातको बिरुवाहरू समेत मेलामा रहेका छन् । १ सय २० भन्दा बढी प्रजातिका फुलहरू रहेको अध्यक्ष सुवेदीले दाबी गरे ।
फ्यानले २०६२ सालदेखि कास्की जिल्लामा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीको बिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
पोखरा महानगर र व्यवसायी सहितको टोलीले यस वर्षको लागि पोखरामा फुलको मालाको समेत मूल्य निर्धारण गरेको छ । प्रतिमाला सानोलाई १०० देखि मध्यम प्रकारको लागि १५० र ठुलो मालालाई भने १८० मा बिक्री गर्ने निर्णय भएको फ्यानले जनाएको छ । मालाको तिहारलक्षित विक्री भने कार्तिक १५ गतेदेखि हुने छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












