पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ आज (सोमबार)देखि सुरु भएको छ ।
फ्लोरिकल् एसोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामा यही कार्तिक १६ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले गरेका छन् । उनले तिहार पर्वको अवसरमा भारतदेखि आउने फुललाई भन्दा स्वदेशी फुललाई प्राथमिकता दिनुपर्ने बताए । प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत र छुटमा विभिन्न कृषि सम्बन्धि कार्यक्रम ल्याएको पनि उनले जनाए।
प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा, कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २४ वटा प्रदर्शनी कक्षहरू रहेको फ्यान कास्कीका अध्यक्ष राम प्रसाद सुवेदीले बताए । उनका अनुसार न्यूनतम ५० रुपैयाँदेखि १६ हजार मूल्य बराबरको वेगमवेली जातको बिरुवाहरू समेत मेलामा रहेका छन् । १ सय २० भन्दा बढी प्रजातिका फुलहरू रहेको अध्यक्ष सुवेदीले दाबी गरे ।
फ्यानले २०६२ सालदेखि कास्की जिल्लामा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीको बिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
पोखरा महानगर र व्यवसायी सहितको टोलीले यस वर्षको लागि पोखरामा फुलको मालाको समेत मूल्य निर्धारण गरेको छ । प्रतिमाला सानोलाई १०० देखि मध्यम प्रकारको लागि १५० र ठुलो मालालाई भने १८० मा बिक्री गर्ने निर्णय भएको फ्यानले जनाएको छ । मालाको तिहारलक्षित विक्री भने कार्तिक १५ गतेदेखि हुने छ ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी दिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको...
-
हेटौँडा उपमहानगरलाई आज बालमैत्री घोषणा गरिँदै
काठमाडौं । हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिने भएको छ । आज हेटौडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा...
-
आज विश्व रेडियो दिवस: विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस नेपालसहित विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,...
-
आजको राशिफल: २०८१ फागुन १ गते बिहीबार
मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। तर दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। केही अवसर प्राप्त...
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...