काठमाडौँका ४६ स्थानबाट फूल किन्न पाइने
काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका छन् ।
प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । “हामी व्यापारीहरूलाई प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, प्रमुख शाहले भनेका छन् ।
अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए ।
महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गरेका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ ।
फूल बिक्रीका लागि तोकिएका स्थल
महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलङ्की क्षेत्रमा भाटभटेनी, कलङ्की ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ । त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, सङ्कटा चोक, टेबहाल, के। एल। टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्नसक्नेछन् ।
त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ ।
स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











