ताजा समाचार

नेपाल र बंगलादेश बिचको फाइनल खेल काठमाडौँका तीन स्थानमा हेर्ने सकिने

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँ महानगरपालिकाले विभिन्न तीन स्थानमा खेल हेर्ने व्यवस्था मिलाउने भएको छ ।

दशरथ रंगशालामा अत्याधिक दर्शकको चाप र सिमित दर्शक अट्ने क्षमता भएकाले खेल हेर्न इच्छुक सबैले ेखेल हेर्ने टिकट पाउन बाट बञ्चीत भएका थिए । सोही कुरालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै आज साँझ दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँका तीन स्थानमा हेर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।

मेयर शाहले सामाजीक सञ्जाल फेसबुकमा दिएको जानकारी अनुसार खेलको काठमाडौंको टुँडिखेल, सानो गौचरण र चाबाहिलमा विग स्क्रीनको व्यवस्था मिलाईएको छ ।

उनले लेखेका छन्, नेपाली महिला फुटबल टोलीलाई धेरै धेरै शुभकामना जितको लागि। टिकट पाउनु हुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नु होला, काठमाडौँमा हुने टिकट नपाउनेहरू हामीले टुडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेको छौँ, नजिक हुनेहरू गएर सामुहिक रुपमा नेपालको समर्थनर्न सक्नु हुनेछ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org