नेपाल र बंगलादेश बिचको फाइनल खेल काठमाडौँका तीन स्थानमा हेर्ने सकिने
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँ महानगरपालिकाले विभिन्न तीन स्थानमा खेल हेर्ने व्यवस्था मिलाउने भएको छ ।
दशरथ रंगशालामा अत्याधिक दर्शकको चाप र सिमित दर्शक अट्ने क्षमता भएकाले खेल हेर्न इच्छुक सबैले ेखेल हेर्ने टिकट पाउन बाट बञ्चीत भएका थिए । सोही कुरालाई मध्यनजर गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै आज साँझ दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँका तीन स्थानमा हेर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
मेयर शाहले सामाजीक सञ्जाल फेसबुकमा दिएको जानकारी अनुसार खेलको काठमाडौंको टुँडिखेल, सानो गौचरण र चाबाहिलमा विग स्क्रीनको व्यवस्था मिलाईएको छ ।
उनले लेखेका छन्, ‘नेपाली महिला फुटबल टोलीलाई धेरै धेरै शुभकामना जितको लागि। टिकट पाउनु हुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नु होला, काठमाडौँमा हुने टिकट नपाउनेहरू हामीले टुडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेको छौँ, नजिक हुनेहरू गएर सामुहिक रुपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ।’
Comments
अरु समाचार
-
साइबर अपराधको अभियोजनबारे महान्यायाधिवक्ता कार्यालयद्धारा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल युगमा भइरहेका अपराधको अनुसन्धान एवं अभियोजनबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । विश्वभरमै डिजिटल अपराध...
-
साइबर अपराधको नियन्त्रण कुनै एक राष्ट्रको मात्र पहलमा सम्भव छैन्ः नायब महान्यायाधिवक्त घिमिरे
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त डा.टेक बहादुर घिमिरेले डिजिटल अपराधहरू सीमाहीन भएकाले अपराधीहरू अन्तर्राष्ट्रिय कानुनी जटिलताहरूको फाइदा उठाउँदै अनुसन्धान...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका...
-
आज मगर एकता दिवस,सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम
काठमाडाैं । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी...
-
आजको राशिफल : २०८१ साल फागुन १५ गते विहीबार
मेष नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत...
-
महाशिवरात्रीमा पशुपतिनाथ सहित देशैभरका शिवालयहरुमा दर्शन गर्नेको भीड
काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो...