“इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममा”
बेरुत । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक महिनामा लेबनानस्थित शरणार्थी केन्द्रहरूबाट स्वदेश फिर्किएका छन् ।
“लेबनानबाट भागेका सिरियालीहरू, विशेष गरी पुरुषहरूले सिरियाली अधिकारीबाट स्वेच्छाचारी हिरासत र दुर्ब्यबहारको जोखिम मोल्छन्,” समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक एडम कुगलले भन्नुभयो, “शङ्कास्पद अवस्थामा निर्वासनमा रहेकाको हिरासतमा भएका मृत्युले भाग्नेहरूलाई स्वेच्छाचारी नजरबन्द, दुब्र्यवहार र उत्पीडनको खतरालाई उजागर गरेको छ।
इजरायलले सेप्टेम्बर २३ मा सघन हवाई अभियान सुरु गरेयता लेबनानबाट सिरियातर्फ पाँच लाखभन्दा बढी मानिस भागेका छन्, जसमा तीन लाख ५५ हजार १० भन्दा बढी सिरियाली नागरिक रहेको लेबनानको आधिकारिक तथ्याङ्कले देखाएको छ । एचआरडब्लुले अक्टोबरमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।
सिरियाली सेनाको गुप्तचर निकायले आफ्ना पतिलाई ‘तुरुन्तै’ पक्राउ गरेको एक महिलाको घटनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “हालैको आममाफीले ती महिलाका पति (पूर्ब सैनिक) लाई पनि समेट्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन ।”“सिरिया पहिलेको तुलनामा सुरक्षित छैन, तर लेबनानमा बढ्दो खतराका कारण धेरै सिरियालीहरू अन्यत्र जान नसक्ने र पुनः सिरियातर्फ नै पर्किनुपर्ने अवस्थामा पुगेका छन्,” कुगलले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “उनीहरूको फिर्ती सिरियाको सुधारिएको अवस्थाको सङ्केत होइन, तर उनीहरूलाई सुरक्षित विकल्पहरूबाट बन्द गरिएको र हिरासत, दुब्यवहार र मृत्युको जोखिमको सामना गरिरहेको देशमा फर्कन बाध्य पारिएको तीतो वास्तविकताको सङ्केत हो।”गत हप्ता यातायातमन्त्री अली हामिहले एएफपीलाई बताएअनुसार इजरायली बमबारीले लेबनान र सिरियाबीचको दोस्रो सीमा पार गर्न अक्षम बनाएको छ ।
हिजबुल्लाहसँग करिब एक वर्षको सीमापार गोलीबारीपछि इजरायलले गत महिना समूहको गढमा आक्रमण तीव्र पारेको थियो र त्यसपछि सीमापारी स्थलसेना पठाएको थियो। लेबनानमा सेप्टेम्बर २३ यता जारी युद्धमा कम्तीमा एक हजार ७५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ तर युद्धमा मारिनेको वास्तविक सङ्ख्या यो भन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ । इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बर ३० देखि स्थलगत कारबाही सुरु गरेयता ३७ जना सैनिकको ज्यान गइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











