“इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममा”
बेरुत । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक महिनामा लेबनानस्थित शरणार्थी केन्द्रहरूबाट स्वदेश फिर्किएका छन् ।
“लेबनानबाट भागेका सिरियालीहरू, विशेष गरी पुरुषहरूले सिरियाली अधिकारीबाट स्वेच्छाचारी हिरासत र दुर्ब्यबहारको जोखिम मोल्छन्,” समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक एडम कुगलले भन्नुभयो, “शङ्कास्पद अवस्थामा निर्वासनमा रहेकाको हिरासतमा भएका मृत्युले भाग्नेहरूलाई स्वेच्छाचारी नजरबन्द, दुब्र्यवहार र उत्पीडनको खतरालाई उजागर गरेको छ।
इजरायलले सेप्टेम्बर २३ मा सघन हवाई अभियान सुरु गरेयता लेबनानबाट सिरियातर्फ पाँच लाखभन्दा बढी मानिस भागेका छन्, जसमा तीन लाख ५५ हजार १० भन्दा बढी सिरियाली नागरिक रहेको लेबनानको आधिकारिक तथ्याङ्कले देखाएको छ । एचआरडब्लुले अक्टोबरमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।
सिरियाली सेनाको गुप्तचर निकायले आफ्ना पतिलाई ‘तुरुन्तै’ पक्राउ गरेको एक महिलाको घटनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “हालैको आममाफीले ती महिलाका पति (पूर्ब सैनिक) लाई पनि समेट्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन ।”“सिरिया पहिलेको तुलनामा सुरक्षित छैन, तर लेबनानमा बढ्दो खतराका कारण धेरै सिरियालीहरू अन्यत्र जान नसक्ने र पुनः सिरियातर्फ नै पर्किनुपर्ने अवस्थामा पुगेका छन्,” कुगलले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “उनीहरूको फिर्ती सिरियाको सुधारिएको अवस्थाको सङ्केत होइन, तर उनीहरूलाई सुरक्षित विकल्पहरूबाट बन्द गरिएको र हिरासत, दुब्यवहार र मृत्युको जोखिमको सामना गरिरहेको देशमा फर्कन बाध्य पारिएको तीतो वास्तविकताको सङ्केत हो।”गत हप्ता यातायातमन्त्री अली हामिहले एएफपीलाई बताएअनुसार इजरायली बमबारीले लेबनान र सिरियाबीचको दोस्रो सीमा पार गर्न अक्षम बनाएको छ ।
हिजबुल्लाहसँग करिब एक वर्षको सीमापार गोलीबारीपछि इजरायलले गत महिना समूहको गढमा आक्रमण तीव्र पारेको थियो र त्यसपछि सीमापारी स्थलसेना पठाएको थियो। लेबनानमा सेप्टेम्बर २३ यता जारी युद्धमा कम्तीमा एक हजार ७५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ तर युद्धमा मारिनेको वास्तविक सङ्ख्या यो भन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ । इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बर ३० देखि स्थलगत कारबाही सुरु गरेयता ३७ जना सैनिकको ज्यान गइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












