सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै “Fake email” को निश्कर्ष निकाल्ने र भीड उराल्ने अमेरिका निवासी युट्युबर ‘टँक’ दाहालले अन्ततः आफ्नै उक्त “हतारो”को ठहर ठहरै हुनेगरी कुरा फेरेका छन् । सहकारी ठगी,सम्पत्ति शुध्दिकरण र संगठित अपराधको गम्भीर आरोप लागेका फरार राईले अघिल्लो साता पठाएको इमेल र उठाएका बिषयवस्तुप्रति दाहालले साइबर ब्युरो र सिआइबीलाई नै पत्रु ठहर्याउन अत्यधिक श्रम र सीपको खपत गरेका थिए ।
नेपाली सञ्चारमाध्यमहरुको बिश्वसनीयतामाथि चर्को आक्रमण गर्दै रवि लामिछानेका अनुयायीहरुको सामाजिक सञ्जालमार्फत उर्जा प्रवर्धन गर्ने उनैले हप्ता दिन नबित्दै आज फेरि फेसबुक पेजमा आफ्नो जिबी राई नजिकका मान्छेहरुसँग उक्त इमेलवारे झण्डै एक घण्टा कुरा गर्दा जनआस्थामा प्रकाशित राईको भनाइभन्दा थप डरलाग्दा र दिमाग चक्कराउने सामग्री फेला परेको दावी गरेका छन् ।
उनी लेख्छन्, ‘‘हिजो जिबी राईको नजिकैको मान्छेसँग झण्डै १ घण्टा कुरा भयो,धमाकेदार खुलासाहरु छन् । दिमाग घुम्ने गरि”का कुराहरु छन्,सबका सब मिलेर राजनीति गरेका रहेछन् यो केसमा । कांग्रेस, एमाले र रास्वपाको पनि राम्रै हात देखियो जिबीलाई लुकाउनुमा ।’ उनले जिबी राई विदेशमा लुकेको र त्यसमा लामिछाने सभापति रहेको पार्टी रास्वपाको हात रहेको पनि खुलाएका छन् ।
दाहालले गत वर्ष भदौमा जिबी नेपाल आएको अर्को खुलासा गरेका छन् । उनले ‘राईलाई नेपाल ल्याइएको पनि रहेछ,फेरि के कुरा मिलेन र रातारात भगाइएको रहेछ’ भनेर ठोकुवा गरेका छन् ।
व्यक्तिले पठाएको उनको जिकिर छ । इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ?
जिबीका ती नातेदारहरुसँग हालैको इमेलबारे पनि कुरा भएको टँकले उल्लेख गरेका छन् । माइक्रोसफ्ट इञ्जिनियर भनिएका दाहालले जिबीको इमेल क्याम्बोडियाबाट नेपाल पठाइएको बताए । तर,इमेल ‘आचार्य’ थरका एमाले निकटस्थ व्यक्तिले पठाएको उनको जिकिर छ । इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ? अब प्रश्न जिबीले पठाए या पठाएनन् मा मात्रै सिमित रहेन ।
टँकले आफूले पनि इमेल पाएर त्यो फेक भन्ने ठोकुवा गरेको दुई दिनपछि जनआस्थालाई सन्देश पठाउँदै तपाईंहरुलाई आएको इमेल मलाई दिन मिल्छ ? भन्ने आग्रह गरेका थिए । आफैले हतार हतार फेक भन्ने फैसला सुनाइसकेको उक्त इमेल फेरि किन चाहियो ? तपाईं भगवान भक्तहरुको मिसयुजको शिकार नहुनोस् भनेर त्यतिबेलै जनआस्थाले उनलाई सुझाव फर्काएको थियो ।
टँकजी आफ्नो पछिल्लो status मा अगाडि लेख्छन्-जिबी निकटहरुको कुरा सुन्दा त नेपालका प्राय: सबै राजनीतिक पार्टीप्रति घृणा जागेर आयो । नेपालका पत्रिकाले जस्तो बिशेष सूत्रका अनुसार भनेर सनसनी फैलाउन मन छैन तर बाहिर ल्याउनै पर्ने कुराहरु छन् । के गर्ने,के नगर्ने सोच्न सकेको छैन । अडियो रेकर्ड छ,उनीहरु तर्फको भनाइको,अरु प्रमाण मागेको छु । के गरौं लौ सल्लाह दिनुहोला ।’
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












