सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै “Fake email” को निश्कर्ष निकाल्ने र भीड उराल्ने अमेरिका निवासी युट्युबर ‘टँक’ दाहालले अन्ततः आफ्नै उक्त “हतारो”को ठहर ठहरै हुनेगरी कुरा फेरेका छन् । सहकारी ठगी,सम्पत्ति शुध्दिकरण र संगठित अपराधको गम्भीर आरोप लागेका फरार राईले अघिल्लो साता पठाएको इमेल र उठाएका बिषयवस्तुप्रति दाहालले साइबर ब्युरो र सिआइबीलाई नै पत्रु ठहर्याउन अत्यधिक श्रम र सीपको खपत गरेका थिए ।
नेपाली सञ्चारमाध्यमहरुको बिश्वसनीयतामाथि चर्को आक्रमण गर्दै रवि लामिछानेका अनुयायीहरुको सामाजिक सञ्जालमार्फत उर्जा प्रवर्धन गर्ने उनैले हप्ता दिन नबित्दै आज फेरि फेसबुक पेजमा आफ्नो जिबी राई नजिकका मान्छेहरुसँग उक्त इमेलवारे झण्डै एक घण्टा कुरा गर्दा जनआस्थामा प्रकाशित राईको भनाइभन्दा थप डरलाग्दा र दिमाग चक्कराउने सामग्री फेला परेको दावी गरेका छन् ।
उनी लेख्छन्, ‘‘हिजो जिबी राईको नजिकैको मान्छेसँग झण्डै १ घण्टा कुरा भयो,धमाकेदार खुलासाहरु छन् । दिमाग घुम्ने गरि”का कुराहरु छन्,सबका सब मिलेर राजनीति गरेका रहेछन् यो केसमा । कांग्रेस, एमाले र रास्वपाको पनि राम्रै हात देखियो जिबीलाई लुकाउनुमा ।’ उनले जिबी राई विदेशमा लुकेको र त्यसमा लामिछाने सभापति रहेको पार्टी रास्वपाको हात रहेको पनि खुलाएका छन् ।
दाहालले गत वर्ष भदौमा जिबी नेपाल आएको अर्को खुलासा गरेका छन् । उनले ‘राईलाई नेपाल ल्याइएको पनि रहेछ,फेरि के कुरा मिलेन र रातारात भगाइएको रहेछ’ भनेर ठोकुवा गरेका छन् ।
व्यक्तिले पठाएको उनको जिकिर छ । इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ?
जिबीका ती नातेदारहरुसँग हालैको इमेलबारे पनि कुरा भएको टँकले उल्लेख गरेका छन् । माइक्रोसफ्ट इञ्जिनियर भनिएका दाहालले जिबीको इमेल क्याम्बोडियाबाट नेपाल पठाइएको बताए । तर,इमेल ‘आचार्य’ थरका एमाले निकटस्थ व्यक्तिले पठाएको उनको जिकिर छ । इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ? अब प्रश्न जिबीले पठाए या पठाएनन् मा मात्रै सिमित रहेन ।
टँकले आफूले पनि इमेल पाएर त्यो फेक भन्ने ठोकुवा गरेको दुई दिनपछि जनआस्थालाई सन्देश पठाउँदै तपाईंहरुलाई आएको इमेल मलाई दिन मिल्छ ? भन्ने आग्रह गरेका थिए । आफैले हतार हतार फेक भन्ने फैसला सुनाइसकेको उक्त इमेल फेरि किन चाहियो ? तपाईं भगवान भक्तहरुको मिसयुजको शिकार नहुनोस् भनेर त्यतिबेलै जनआस्थाले उनलाई सुझाव फर्काएको थियो ।
टँकजी आफ्नो पछिल्लो status मा अगाडि लेख्छन्-जिबी निकटहरुको कुरा सुन्दा त नेपालका प्राय: सबै राजनीतिक पार्टीप्रति घृणा जागेर आयो । नेपालका पत्रिकाले जस्तो बिशेष सूत्रका अनुसार भनेर सनसनी फैलाउन मन छैन तर बाहिर ल्याउनै पर्ने कुराहरु छन् । के गर्ने,के नगर्ने सोच्न सकेको छैन । अडियो रेकर्ड छ,उनीहरु तर्फको भनाइको,अरु प्रमाण मागेको छु । के गरौं लौ सल्लाह दिनुहोला ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











