चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ।
डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुने खेलका लागि नेपाल क्रिकेट संघले टोली सार्वजनिक गरेको छ। अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेलमा चोटका कारण करण केसी र भीम सार्की नदेखिने भएका छन् ।
तीव्र गतिका बलर केसी र ब्याटर सार्कीले त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाएपछि उनीहरूको स्थानमा देव खनाल र सागर ढकाललाई मौका दिइएको छ । देव ट्राभलिङ रिर्जभका रूपमा टोलीसँग थिए । यसअघि यसै शृंखलामा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।
नेपालले त्यसपछि घरेलु टोली अमेरिकासँग तीन विकेट र ३७ रनले हारको स्वाद चाख्यो । ११ खेलबाट पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ ।
नेपाल जारी शृंखलामा दोस्रो जितको खोजीमा छ । उता स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ । स्कटल्यान्ड अमेरिकाविरुद्ध १० विकेट र ७१ रनले विजयी भइसकेको छ। यसअघि नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियतर्फ सातवटा भिडन्त भएका छन् । जसमध्ये नेपालले चार र स्कटल्यान्डले तीनवटामा जित निकालेका थिए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












