छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले भोजपुरी, मैथिली र हिन्दीमा गीत गाएकी थिइन्। छठ पर्व सम्बन्धित गीत गायनमा उनको विशेष पहिचान थियो।
सिन्हाको छठ पर्वकै बेला निधन भएको छ। शारदा सिन्हाको स्वर बिहार र उत्तर प्रदेशमा लोकप्रिय थियो। संगीत क्षेत्रमा योगदान दिएबापत सिन्हाले भारत सरकारबाट उपलब्ध गराइने पद्मभूषण, पद्मश्री जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी थिइन्। छोरा अंशुमान सिन्हाले आमा शारदाको मृत्यु भएको जानकारी सामाजिक सञ्जालमामार्फ दिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
सिन्हाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै एक्समा लेखेका छन्, ‘प्रसिद्ध लोकगायिका शारदा सिन्हाको निधनले अत्यन्त दुःखी छु। उनका मैथिली र भोजपुरीमा गाएका लोकगीतहरू पछिल्ला केही दशकदेखि निकै लोकप्रिय छन्। आस्थाको महापर्व छठसँग जोडिएका उनका सुमधुर गीत सधैँ गुन्जिरहनेछन्। उनको अवसानले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। यस शोकको घडीमा म उनका परिवार र प्रशंसकहरूप्रति सहानुभूति व्यक्त गर्छु। ॐ शान्ति।’
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले एक्समा लेखेका छन्, ‘आफ्नो मधुर आवाजका लागि प्रसिद्ध लोकगायिका शारदा सिन्हाजीको निधनको खबर अत्यन्त दुःखद छ। उनका शोकसन्तप्त परिवारजन र प्रशंसक प्रति म गहिरो समवेदना व्यक्त गर्दछु।’
बिहारका मुख्यमन्त्री नितीश कुमारले शोक व्यक्त गर्दै भनेका छन्, ‘शारदा सिन्हाले छठ महापर्वमा आफ्नो सुरीलो आवाजमा गाएका मधुर गीतहरू बिहार, उत्तर प्रदेशलगायत देशका सबै भागमा गुञ्जने गरेका थिए। उनको निधनले संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’आरजेडीका राष्ट्रिय नेता लालुप्रसाद यादव, पूर्व मुख्यमन्त्री श्रीमती राबडी देवी र तेजस्वीप्रसाद यादवले पनि उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











