छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले भोजपुरी, मैथिली र हिन्दीमा गीत गाएकी थिइन्। छठ पर्व सम्बन्धित गीत गायनमा उनको विशेष पहिचान थियो।
सिन्हाको छठ पर्वकै बेला निधन भएको छ। शारदा सिन्हाको स्वर बिहार र उत्तर प्रदेशमा लोकप्रिय थियो। संगीत क्षेत्रमा योगदान दिएबापत सिन्हाले भारत सरकारबाट उपलब्ध गराइने पद्मभूषण, पद्मश्री जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी थिइन्। छोरा अंशुमान सिन्हाले आमा शारदाको मृत्यु भएको जानकारी सामाजिक सञ्जालमामार्फ दिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
सिन्हाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै एक्समा लेखेका छन्, ‘प्रसिद्ध लोकगायिका शारदा सिन्हाको निधनले अत्यन्त दुःखी छु। उनका मैथिली र भोजपुरीमा गाएका लोकगीतहरू पछिल्ला केही दशकदेखि निकै लोकप्रिय छन्। आस्थाको महापर्व छठसँग जोडिएका उनका सुमधुर गीत सधैँ गुन्जिरहनेछन्। उनको अवसानले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। यस शोकको घडीमा म उनका परिवार र प्रशंसकहरूप्रति सहानुभूति व्यक्त गर्छु। ॐ शान्ति।’
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले एक्समा लेखेका छन्, ‘आफ्नो मधुर आवाजका लागि प्रसिद्ध लोकगायिका शारदा सिन्हाजीको निधनको खबर अत्यन्त दुःखद छ। उनका शोकसन्तप्त परिवारजन र प्रशंसक प्रति म गहिरो समवेदना व्यक्त गर्दछु।’
बिहारका मुख्यमन्त्री नितीश कुमारले शोक व्यक्त गर्दै भनेका छन्, ‘शारदा सिन्हाले छठ महापर्वमा आफ्नो सुरीलो आवाजमा गाएका मधुर गीतहरू बिहार, उत्तर प्रदेशलगायत देशका सबै भागमा गुञ्जने गरेका थिए। उनको निधनले संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’आरजेडीका राष्ट्रिय नेता लालुप्रसाद यादव, पूर्व मुख्यमन्त्री श्रीमती राबडी देवी र तेजस्वीप्रसाद यादवले पनि उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












