शिक्षा क्षेत्रको विकासमा चिनियाँ चासो, पर्वतको भवानी विद्यापीठ विद्याललाई सहयोगको ओइरो
काठमाडौं । पर्वतको फलेबास–५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन सोङले आज दिउँसो उक्त विद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगको प्रतिबद्धताबारे जानकारी दिनुभएको छ ।
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताउनुभयो । त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ । चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उहाँले लिनुभएको छ ।
त्यसैगरी भवानी विद्यापीठका शिक्षक शिक्षिकालाई पनि थप अध्ययन र अवलोकन भ्रमणको अवसर उपलब्ध गराइने राजदूतले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभयो । यसबाट उनीहरुको अध्यापन क्षमतामा वृद्धि हुने ठानिएको छ । त्यसैगरी विद्यालय हातामा खानेपानी शुद्धताको निम्ति दूतावासले गान्लु परियोजनाअन्तर्गत आवश्यक उपकरण उपलब्ध गराउने भएको छ ।
सात दशक पुरानो उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणमा समेत चीनले सहयोग गर्नसक्ने बताइएको छ । हाल १२ कक्षामा ४८६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका धेरै पूर्व विद्यार्थी नेपालको प्रशासनिक,राजनीतिक एवम् सुरक्षा क्षेत्रको उच्च तहमा पुगिसकेका छन् ।
मुस्ताङको कोरोला नाकाको आधुनिकीकरण, कालीगण्डकी कोरिडर सडकको निर्माणमा समेत चीनले विशेष चासो राखेको छ । नजिकैको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












