अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताउनुभएको छ ।
बीबीसीसँगको कुराकानीमा रिपब्लिकन पार्टीका रणनीतिकारसमेत रहेका लान्जाले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि यथार्थपरक दृष्टिकोण बारे आग्रह गर्ने बताउनुभएको हो । यदि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्राइमिया फिर्ता विना पनि शान्तिका लागि तयार भएमा रुस–युक्रेन युद्ध रोक्न सहयोग पुग्ने उहाँको भनाई छ ।
रुसले सन् २०१४ मा क्राइमिया प्रायद्वीपलाई गाभेको थियो । त्यसको आठ वर्षपछि रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण शुरु गरेको हो । लान्जाले सन् २०२२ मा रुसले आक्रमण गरेर कब्जा गरेको पूर्वी युक्रेनका क्षेत्रहरू फिर्ताको विषयमा भने केही उल्लेख गर्नुभएको छैन । ट्रम्प राष्ट्रपतीमा निर्वाचित भएपछि उहाँले जेलेन्स्कीसँग कुरा गरिसक्नुभएको छ । ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नु आफ्नो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ ।
Comments
अरु समाचार
-
सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने
काठमाडौं । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
-
एमालेको संसदीय दलको बैठक सुरु
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। वैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो। मुख्य...
-
सम्पती शुद्धीकरणमा दोषी भए जो कोहीलाइ पनि दण्डित गरिने: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पती शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी...
-
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको...
-
आज सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज साँझ...
-
बाघले आक्रमण गर्दा छाउगोठमा सुतेकी महिला घाइते
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती...
-
आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार नगर्न कोलम्बियाको चेतावनी
कोलम्बिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। कोलम्बियाले फर्काइएका आप्रवासी...
-
आजको राशिफल: २०८१ माघ १४ गते साेमवार
मेष: अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन...
-
जिल्ला अदालत रुपन्देहीद्वारा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
काठमाडौं । जिल्ला अदालत रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम...