उद्योगमा काटिएको बिजुली आज मध्यान्ह १२ बजेसम्म जोड्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले उद्योगमा काटिएको बिजुली आज सोमवार मध्यान्ह १२ बजेसम्म जोड्न निर्देशन दिएको छ । हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने निर्णय गरेको हो ।
यसअघि विद्युत नियमन आयोगले कात्तिकको १४ गते विद्युत प्राधिकरणलाई पत्र पठाएर पहिलो किस्ताको बक्यौता नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको थियो । प्राधिकरणले पनि ५६ किस्तामा रकम बुझाउन सक्नेगरी लचक व्यवस्था ल्याएको थियो । केही उद्योगले किस्ताबन्दीमा रकम बुझाउन शुरु गरेका छन् । तर, सरकारले भने बक्यौताको टुङ्गो नभइकनै आज १२ बजेभित्र लाइन जोड्नुपर्ने निर्णय गरेपछि ट्रंक र डेडिकेटेड फिडरको प्रयोगवापत उठाउनुपर्ने साढे ६ अर्ब रुपैयाँ फेरि अन्योलमा परेको छ ।
लाइन जोड्ने मन्त्रिपरिपरिष्दको निर्णय अब उर्जा मन्त्रालय जानेछ, उर्जाले प्राधिकरणलाई पत्र पठाउनेछ । त्यसपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले बल्ल लाइन जोड्ने निर्णय गर्नेछ । पटक – पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले यही कात्तिकको ८ गते ३४ वटा उद्योगको लाइन काटिदिएकोमा केहीले किस्ता तिर्न थालेपछि लाइन जडान भइसकेको छ ।
हिजोको मन्त्रिपरिषद्को निर्णयले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता असुल गर्ने निर्णय पनि गरेको छ । यस्तै ६ वर्षदेखि विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।
लोडसेडिङका बेला पनि छुट्टै फिडरबाट २० देखि २४ घण्टासम्म विद्युत् लिएका उद्योगी–व्यवसायीबाट लिइने थप शुल्क अर्थात् ट्रंक र डेडिकेटेड बक्यौताबारे ६ वर्षदेखि विवाद हुँदै आएको छ । विद्युत प्राधिकरणले शुल्क उठाउने निर्णको विरोध गर्दै केही उद्योग अदालत गएकोमा अदालतले पनि प्राधिकरणकै पक्षमा आदेश दिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











