राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको जनसङ्ख्या घटेर अहिले एक सय ३५ जनामा झरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आफ्नो बाजेको पालामा झन्डै सात सय रहेको राउटेको सङ्ख्या अहिले एक सय ३५ जनामा झरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । पछिल्ला वर्षहरूमा सरकारले राउटेका लागि भत्तासँगै विभिन्न सुविधाहरू दिए पनि सङ्ख्या बढ्नुको साटो झनै घटिरहेको छ ।
अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको शाहीले बताउनुभयो । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा दुई जना बालबालिका जन्मिएका छन् । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको सङ्ख्या घटिरहेको बताउनुहुन्छ । उहाँका अनुसार राउटेभित्र तीन वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।
यस्तै श्रीमानकाे मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले २३ जना एकल महिला छन् । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका थापाले बताउनुभयो । पछिल्लो समय जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ । सरकारले दिएको भत्ता धेरैजसो जाँड–रक्सीमा खर्च भएको पाइएको थापाले बताउनुभयो ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












