सडक आन्दोलनलाई चुनावी अभियानमा बदल्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा जारी राखेको आन्दोलनको प्रारुप बदलेको छ । उपनिर्वाचन नजिकै आएकोले सडक आन्दोलनलाई चुनावी अभियानमा बिसाउने निर्णय आजको केन्द्रीय समिति वैठकले गरेको हो । केन्द्रीय सदस्य गणेश पराजुलीले पार्टीका केन्द्रीय नेताहरु चुनावी अभियानमा केन्द्रित हुने र त्यसलाई आन्दोलनको रुप दिने बताए ।
उनले भने, ‘उपनिर्वाचन आउन १० दिनमात्रै बाँकी भएकाले अबको हाम्रो आन्दोलन चुनावी अभियानमा केन्द्रित हुनेछ । केन्द्रीय सदस्यहरुले पार्टीले चुनाव लड्ने २७ वटै स्थानमा खटाउने निर्णय भएको छ । अहिले गरिएको आएको जस्तो सडक आन्दोलन हुँदैन ।’
पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले पनि स्थानीय निकायको उपनिर्वाचन हुँदै गर्दा उम्मेदवारी दिएका सबै निकाय तह र वडामा पुगेर आफ्नो उपस्थिति जनाउने बताए । उनले भने, ‘हामी कुन राजनीतिक परिस्थितिमा छौं, सबै कुराको जानकारी गराउँदै आन्दोलनलाई त्यो प्रारुपमा लान्छौं ।’
बैठकमा आन्दोलन चर्काउने र यसलाई अहिले बिसाउनुपर्ने दुईथरि धारणा आएका थिए । अहिलेको तरिकाको आन्दोलन परिणाममुखी नहुने र उपनिर्वाचनलाई समेत असर गर्नेमा सबै सहमत भएपछि सर्वसम्मतिले निर्णय लिइएको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












