‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’
काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
इन्सेक मधेश प्रदेशले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तयार पारिएको विधेयक २०७८को मस्यौदामा प्रदेश सांसद र मानव अधिकारकर्मी बिच गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारको अस्थिरताको कारण मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरु सँग छलफल गरी इन्सेकले तयार पारेको विधेयकको अपनत्व ग्रहण गर्न नसकेको हुन सक्ने बताए ।
उनले इन्सेकले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकमा छुटेका विषयवस्तुलाई समावेश गरी मन्त्रालयलाई जिम्मा लगाउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले मानव अधिकार रक्षाका लागि काम गर्ने मानव अधिकार रक्षकहरुलाई सुरक्षित पार्नका लागि प्रदेश सरकारले छिटै विधेयक ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्षता गरेका इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले मानव अधिकार रक्षकको सुरक्षा र तालिम नभए सम्म मानव अधिकार रक्षकहरुले पिडकको पक्षमा काम गर्न सहज नहुने बताए । उनले सन् २०२३ मा ८३ जना मानव अधिकार रक्षकहरु पिडित भएको जसमा १९ जना मधेश प्रदेशको मात्रै रहेको बताए ।
कार्यक्रममा बोल्दै बक्ताहरुले लोकतन्त्रमा मानव अधिकारका विषय वस्तुहरु फराकिलो हुनुको साटो साँगुरिदै गएको भन्दै चिन्ता व्यक्त गरे । विधेयकमा परिकल्पना गरिएको मानव अधिकार रक्षक परिषदको गठन विषयमा धेरै कुरा सुधार गर्नु पर्ने भन्दै परिषदको चार वर्षे कार्यकाललाई पाँच वर्ष गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य राजेन्द्र चौधरी, शारदा देवी थापा सहितकाले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा विधेयक ल्याउनका लागि आफुहरुले सरकारलाई दवाव दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सन् २०२३ मा देशभरी राज्य पक्षबाट ७९ र अन्य पक्षवाट एक हजार ११३ वटा मानअधिकार उलंघनको घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












