‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’
काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
इन्सेक मधेश प्रदेशले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तयार पारिएको विधेयक २०७८को मस्यौदामा प्रदेश सांसद र मानव अधिकारकर्मी बिच गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारको अस्थिरताको कारण मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरु सँग छलफल गरी इन्सेकले तयार पारेको विधेयकको अपनत्व ग्रहण गर्न नसकेको हुन सक्ने बताए ।
उनले इन्सेकले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकमा छुटेका विषयवस्तुलाई समावेश गरी मन्त्रालयलाई जिम्मा लगाउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले मानव अधिकार रक्षाका लागि काम गर्ने मानव अधिकार रक्षकहरुलाई सुरक्षित पार्नका लागि प्रदेश सरकारले छिटै विधेयक ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्षता गरेका इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले मानव अधिकार रक्षकको सुरक्षा र तालिम नभए सम्म मानव अधिकार रक्षकहरुले पिडकको पक्षमा काम गर्न सहज नहुने बताए । उनले सन् २०२३ मा ८३ जना मानव अधिकार रक्षकहरु पिडित भएको जसमा १९ जना मधेश प्रदेशको मात्रै रहेको बताए ।
कार्यक्रममा बोल्दै बक्ताहरुले लोकतन्त्रमा मानव अधिकारका विषय वस्तुहरु फराकिलो हुनुको साटो साँगुरिदै गएको भन्दै चिन्ता व्यक्त गरे । विधेयकमा परिकल्पना गरिएको मानव अधिकार रक्षक परिषदको गठन विषयमा धेरै कुरा सुधार गर्नु पर्ने भन्दै परिषदको चार वर्षे कार्यकाललाई पाँच वर्ष गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य राजेन्द्र चौधरी, शारदा देवी थापा सहितकाले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा विधेयक ल्याउनका लागि आफुहरुले सरकारलाई दवाव दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सन् २०२३ मा देशभरी राज्य पक्षबाट ७९ र अन्य पक्षवाट एक हजार ११३ वटा मानअधिकार उलंघनको घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












