“सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुखी नेपाली समृद्ध नेपाल” सरकारको गन्तव्य रहेकाले त्यही अनुसार नागरिकको सामाजिक सुरक्षा योजना अघि सारिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधानको चरित्रअनुसार वर्तमान सरकार जनताप्रति जिम्मेवार रहेकाले संविधानभन्दा माथि रहेका प्रत्येक नागरिकको सामाजिक सुरक्षा प्रदान गरिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएकालाई थप प्रभावकारी रुपमा सामाजिक कोषमा समेट्न सम्बन्धित मुलुकका सरकार र कम्पनीसँग पनि सम्झौता गरिनुपर्नेमा जोड दिए ।
यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले विश्वका जुनसुकै ठाउँमा श्रम स्वीकृति लिएर रोजगारमा गएकालाई प्रभावकारी रुपमा सामाजिक सुरक्षा योजनामा मेट्ने गरी सरकारले काम गरिरहेको जानकारी गराए ।
वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षा कोषको दायित्वमा ल्याएर
समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घरेलु कामदार, इट्टाभट्टा तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई पनि यस योजनामा समेट्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमहरूलाई कानून संशोधन गरेर एकीकृत गर्न आवश्यक रहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ८५ प्रतिशतभन्दा बढीलाई रोजगारी दिने निजी क्षेत्रलाई सामाजिक सुरक्षा योजनाले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरे ।
त्यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारको सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न विश्वका विभिन्न देशमा सचेतना कार्यक्रम सञ्चालनलगायतमा सहकार्य गर्न तयार रहेको बताए ।
२०७५ मङ्सिर ११ गते केपी शर्मा ओली नेतृत्वको सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेका करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् भने कोषमा रु ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












