“सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुखी नेपाली समृद्ध नेपाल” सरकारको गन्तव्य रहेकाले त्यही अनुसार नागरिकको सामाजिक सुरक्षा योजना अघि सारिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले संविधानको चरित्रअनुसार वर्तमान सरकार जनताप्रति जिम्मेवार रहेकाले संविधानभन्दा माथि रहेका प्रत्येक नागरिकको सामाजिक सुरक्षा प्रदान गरिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएकालाई थप प्रभावकारी रुपमा सामाजिक कोषमा समेट्न सम्बन्धित मुलुकका सरकार र कम्पनीसँग पनि सम्झौता गरिनुपर्नेमा जोड दिए ।
यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले विश्वका जुनसुकै ठाउँमा श्रम स्वीकृति लिएर रोजगारमा गएकालाई प्रभावकारी रुपमा सामाजिक सुरक्षा योजनामा मेट्ने गरी सरकारले काम गरिरहेको जानकारी गराए ।
वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षा कोषको दायित्वमा ल्याएर
समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घरेलु कामदार, इट्टाभट्टा तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई पनि यस योजनामा समेट्नुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमहरूलाई कानून संशोधन गरेर एकीकृत गर्न आवश्यक रहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ८५ प्रतिशतभन्दा बढीलाई रोजगारी दिने निजी क्षेत्रलाई सामाजिक सुरक्षा योजनाले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरे ।
त्यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारको सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न विश्वका विभिन्न देशमा सचेतना कार्यक्रम सञ्चालनलगायतमा सहकार्य गर्न तयार रहेको बताए ।
२०७५ मङ्सिर ११ गते केपी शर्मा ओली नेतृत्वको सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेका करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् भने कोषमा रु ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












