घरेलु हिंसामा साक्षर महिला बढी पीडित भएको तथ्यांक सार्वजनिक
काठमाडौँ: पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्याङ्क उल्लेख छ ।
संंस्थाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ । सोमध्ये सबैभन्दा बढी ९६५ प्रतिशत० नौ सय ११ जना घरेलु हिंसाबाट प्रभावित रहेका छन् । हिंसामा परेका साक्षर महिलाको सङ्ख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ ।
ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले ओरेक कार्यरत जिल्लाबाहेक महिला मानवअधिकार रक्षकहरुसँग समन्वय गरी सातवटै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो । गत जुलाई २०२३ देखि जुन २०२४ सम्म सङ्कलन गरिएका महिला माथि भएका लैङ्गिक हिंसाका घटनाको तथ्याङ्क अभिलेखीकरण गरी त्यसको बहुपक्षीय विश्लेषणका साथ उक्त पुस्तक तयार पारिएको निर्देशक मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्कलित घटना प्रतिनिधिमूलक मात्र रहेको जनाउँदै पीडकलाई गरिने राजनीतिक संरक्षण, हिंसा प्रभावितलाई नै हिंसाका लागि जिम्मेवार बनाउने प्रवृत्ति, झन्झटिलो न्यायिक प्रक्रियालगायत कारणले अझै धेरै घटनाहरु बाहिर आउन सकेका छैनन ।
पुस्तकमा महिला माथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसालगायत यस वर्षको अन्वेषीमा महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा घटेका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












