घरेलु हिंसामा साक्षर महिला बढी पीडित भएको तथ्यांक सार्वजनिक
काठमाडौँ: पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको तथ्याङ्क उल्लेख छ ।
संंस्थाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ । सोमध्ये सबैभन्दा बढी ९६५ प्रतिशत० नौ सय ११ जना घरेलु हिंसाबाट प्रभावित रहेका छन् । हिंसामा परेका साक्षर महिलाको सङ्ख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ ।
ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले ओरेक कार्यरत जिल्लाबाहेक महिला मानवअधिकार रक्षकहरुसँग समन्वय गरी सातवटै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो । गत जुलाई २०२३ देखि जुन २०२४ सम्म सङ्कलन गरिएका महिला माथि भएका लैङ्गिक हिंसाका घटनाको तथ्याङ्क अभिलेखीकरण गरी त्यसको बहुपक्षीय विश्लेषणका साथ उक्त पुस्तक तयार पारिएको निर्देशक मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्कलित घटना प्रतिनिधिमूलक मात्र रहेको जनाउँदै पीडकलाई गरिने राजनीतिक संरक्षण, हिंसा प्रभावितलाई नै हिंसाका लागि जिम्मेवार बनाउने प्रवृत्ति, झन्झटिलो न्यायिक प्रक्रियालगायत कारणले अझै धेरै घटनाहरु बाहिर आउन सकेका छैनन ।
पुस्तकमा महिला माथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसालगायत यस वर्षको अन्वेषीमा महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा घटेका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












