अमेरिकाका राष्ट्रपति ट्रम्प र मन्त्रीहरुलाई बम आक्रमणको धम्की
न्युयोर्क । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उहाँको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ । धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ । ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।
यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयासबाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोन कलले उहाँलाई सताइरहेको खबरमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल राख्न नदिने
काठमाडौं । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
‘कोप–२९ : एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो
काठमाडौँ: बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९)...
-
पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
काठमाडौँ : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली...
-
आजको राशिफल: २०८१ साल मंसिर १३ गते बिहीवार
मेष:अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा...
-
घरेलु हिंसामा साक्षर महिला बढी पीडित भएको तथ्यांक सार्वजनिक
काठमाडौँ: पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (आरेक) ले...
-
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण...
-
उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई आयोगको अनुमति
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले गत कात्तिक...
-
‘रेन्बो ट्राउट’ माछा बेचेर वार्षिक तीन करोड आम्दानी
काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो...