अमेरिकाका राष्ट्रपति ट्रम्प र मन्त्रीहरुलाई बम आक्रमणको धम्की
न्युयोर्क । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उहाँको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ । धम्कीहरुबारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ । ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।
यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयासबाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोन कलले उहाँलाई सताइरहेको खबरमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











