सानो गौचरनमा काठमाडौं महानगरले रङ्गशाला पुनःनिर्माण सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो ।
निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार पाँच सय जनाको हुने कामपाले जनाएको छ । रु २२ करोड ९५ लाख ९३ हजार नौ सय ९९ लागत अनुमानसहित बोलपत्र आह्वान गरिएकामा रु १८ करोड ८६ लाख ७४ हजार आठ सय २७ मा सहमति भई शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको हो ।
रङ्गशाला पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रमुख डङ्गोलले कामपाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो । “सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत रङ्गशाला पुनःनिर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने विविध कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उपप्रमुख डङ्गोलले यो प्रयासबाट राष्ट्रिय पहिचान दिनसक्ने खेलाडी प्राप्त हुने अपेक्षा राख्नुभयो ।
वडामा रङ्गशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने कामपा–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले बताउनुभयो । “वडामार्फत टोल तथा चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल मैदान निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।
रङ्गशालाको डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको छ । उक्त खेलमैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ भने वरिपरि सिमा पर्खाल हुनेछ ।
साथै २८ वटा चार पाङ्ग्रे र एक सय ७८ वटा दुई पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थाल हुने वडाध्यक्ष प्रजापतीले जानकारी दिनुभयो । रङ्गशालाको भुइँतलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । साथै एउटा फिजियोथेरापी कक्ष, पुरुष र महिलाका लागि तीन तीन वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुई वटा टिम लकर राखिने छ ।
निर्माणका लागि गत वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । छनोट भएका निर्माण पक्षलाई गत कात्तिक २५ गते कार्यादेश दिइएको कामपाले जनाएको छ । निर्माण कम्पनीले विसं २०८२ चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











