जनकपुरको विवाहपञ्चमी महोत्सव र बाराको गढीमाई मेलालाई व्यवस्थित बनाउने प्रदेश सरकारको तयारी
काठमाडौं । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको छ।
धार्मिक तथा ऐतिहासिक महत्वका दुवै महोत्सवलाई व्यवस्थित बनाउन मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुक्रबार जनकपुरधाममा बसेको थियो ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा मेलालाई व्यवस्थित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले बताए।
प्रत्येक पाँच वर्षको अन्तरालमा बाराको गढीमाईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन झण्डै पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिसहित जन्ती आउने र लाखौँ तीर्थालु मेला भर्न आउने कार्यक्रम छ।
बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने र मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा छलफल भएको सचिव रिजालले बताए।
बैठकमा मध्य पृतना हेडक्वाटर बर्दिबासका उपरथि सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोरालगायतको सहभागिता रहेको थियो।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












