जनकपुरको विवाहपञ्चमी महोत्सव र बाराको गढीमाई मेलालाई व्यवस्थित बनाउने प्रदेश सरकारको तयारी
काठमाडौं । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको छ।
धार्मिक तथा ऐतिहासिक महत्वका दुवै महोत्सवलाई व्यवस्थित बनाउन मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुक्रबार जनकपुरधाममा बसेको थियो ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा मेलालाई व्यवस्थित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले बताए।
प्रत्येक पाँच वर्षको अन्तरालमा बाराको गढीमाईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन झण्डै पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिसहित जन्ती आउने र लाखौँ तीर्थालु मेला भर्न आउने कार्यक्रम छ।
बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने र मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा छलफल भएको सचिव रिजालले बताए।
बैठकमा मध्य पृतना हेडक्वाटर बर्दिबासका उपरथि सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोरालगायतको सहभागिता रहेको थियो।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












