नेपाल पहिलो पटक ब्लाइण्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा पुग्दै नेपाली टोलीले इतिहास रचेको हो ।
यसअघि तीन संस्करणकै ब्लाइण्ड क्रिकेटको टी–२० विश्वकप खेलेको नेपाल सेमिफाइनल पुग्न सकेको थिएन । यस पटक शीर्ष चारमा रहँदै सेमिफाइनल पुगेपछि नेपाली ब्लाइण्ड क्रिकेट टोली निकै उत्साहित बनेको छ ।
शनिबार लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने पक्का भएको हो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले ब्लाइण्ड क्रिकेट टी–२० विश्वकप खेले । जसमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको थियो ।
श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपाल त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।
अन्तिम खेलमा बलियो टोली आयोजक पाकिस्तानसँग पनि नेपाल पराजित भयो । भारत सहभागी नभएपछि उसको सबै विपक्षीले वाकओभर पाउँदै २ अंक जोडे । जसले गर्दा नेपालले ६ खेलबाट ६ अंक जोड्दै चौथो भएको हो ।
उक्त प्रतियोगितामा नेपालले पहिलो पटक सन् २०१२ मा सहभागिता जनाएको थियो ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












