टस हारेसँगै बंगलादेश विरुद्ध नेपालले पायो ब्याटिङको निम्तो
काठमाडौं । संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।
Comments
अरु समाचार
-
शिखर धवनको अर्धशतकको मदतमा कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ...
-
चितवनको लगातार दोस्रो जित
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य...
-
एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ।...
-
एनपिएलः दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा विराटनगरविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्र्तगत विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १८३ रनको विशाल विजय लक्ष्य प्रस्तुत...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनको विजयी सुरुवात
काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई...
-
एनपिएलः काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेर बलिङ गरेको चितवनले जितका लागि ११२...
-
एनपिएल: चितवनले टस जित्यो, पहिला बलिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै...
-
एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य
काठमाडौं । एसियाली क्रिकेट काउन्सिल ९एसिसी० अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२...