सुपर काबेली ‘ए’ जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो
काठमाडौं । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण भएको बिद्युत आइतबार बिहानबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए ।
अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणबाट आएको प्राविधिकहरुको टोलीले आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा अन्तिम परीक्षण गरेसँगै नेपाल बिद्युत् प्राधिकरणको पाँचथर अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
काठमाडौंबाट आएको नेपाल बिद्युत प्राधिकरणको टोलीले सुरुमा अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइन सम्मको अवस्था जाँच गरेको थियो। त्यसपछि ओथामा क्षेत्रमा चेकजाँच गरेपछि टोली आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा पुगेर अन्तिम जाँच गरेको थियो।
आयोजनाले बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म पुयाएको थियो। स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो।
प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २९ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












