सुपर काबेली ‘ए’ जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो
काठमाडौं । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण भएको बिद्युत आइतबार बिहानबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए ।
अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणबाट आएको प्राविधिकहरुको टोलीले आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा अन्तिम परीक्षण गरेसँगै नेपाल बिद्युत् प्राधिकरणको पाँचथर अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
काठमाडौंबाट आएको नेपाल बिद्युत प्राधिकरणको टोलीले सुरुमा अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइन सम्मको अवस्था जाँच गरेको थियो। त्यसपछि ओथामा क्षेत्रमा चेकजाँच गरेपछि टोली आयोजनाको बिद्युतगृह रहेको रातेखोलामा पुगेर अन्तिम जाँच गरेको थियो।
आयोजनाले बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म पुयाएको थियो। स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो।
प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २९ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












