ताजा समाचार

मोरङको ग्रामथाममा माओवादीका नमोनारायण माझी विजयी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो।

एमालेका उम्मेदवार तुलसीराम विश्वास ४२५९ मतसहित तेस्रो भएका छन्। १६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org