एनपीएल : विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा ९२ रनमै अलआउट भयो।
विराटनगरले कुनै बेला सम्हालिएर ब्याटिङ गर्न नसक्दा ठूलो अन्तरले खेलमा पराजित भएको हो । ओपनिङ ब्याटर मार्टिन गप्टिल गोल्डन डकआउट भएसँगै विराटनगरको विकेट जाने क्रम सुरु भएको थियो। अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका गप्टिललाई स्कट कुगेलेइनले तेस्रो बलमै बोल्ड गरेसँगै विराटनगर दबाबमा परेको थियो । दुई ओभरपछि ओपनर लोकेश बम पनि २ रनमा ब्रान्डन मक्मलेनको बलमा विकेटकिपर विनोद भण्डारीबाट स्टमपिन भएका थिए।
निकोलास किर्टोनलाई कुगेलेइनले चौथो ओभरमा ५ रनमा क्याच हुँदा विराटनगरले खराब सुरुवात गरेको थियो। राजेश पुलामी मगर १५ रनमा रनआउट भए भने बसिर अहमदले २८ बलमा २४ रन जोड्न सके। इस्मत आलम ६ रनमा बोल्ड भएका थिए। बसिर र इस्मत दुवैलाई सुदूरपश्चिमका अभिनास बोहराले एघारौं ओभरमा आउट गरे। प्रतिश जिसी १ रन र कप्तान सन्दीप लामिछाने ८ रन जोडेर आउट भए। क्रिस सोल ९ रनमा आउट हुँदा अनिल खरेलले नटआउट १० रन बनाए।
बलिङमा सुदूरपश्चिमका कुगेलेइन र अभिनासले ३-३ विकेट लिए। कुगेलेइनले ४ ओभरमा ३० रन दिँदा अभिनासले ३ ओभरमा १७ रन दिए। सइद जइब, मक्मलेन र इशान पाण्डेले १-१ विकेट लिए। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन्। अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार दुई छक्का प्रहार गरेका उनले कुल ३ चौका र ५ छक्का प्रहार गरे।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन जोड्यो। जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो। सुदूरले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो।त्यसअघि सुदूरपश्चिमको ओपनर भने चल्न सकेनन्। अमृत श्रेष्ठ १ रनमा दोस्रो ओभरमै आउट भए। उनलाई इस्मत आलमले मार्टिन गप्टिलबाट क्याच गराए।
२० बलमा २३ रन जोडेका अर्का ओपनर विनोद भण्डारी पाँचौ ओभरमा पेभिलियन फर्के। चार चौका प्रहार गरेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हात बाट समातिए। अर्को ओभरमा आरिफ शेख ९ रनमा आउट भए। आरिफले बसिर अहमदको बलमा प्रहार गरेको बललाई निकोलास किर्टनले उत्कृष्ट क्याच गराएका थिए।
त्यसपछि साइफ जइब र ब्रान्डन मक्मलेनले सुदूरको इनिङ सम्हाले। अनिल खरेलबाट बोल्ड हुनुअघि जइबले १५ बलमा १४ रन प्रहार गरे। मक्मलेन २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए। उनी पनि अनिल खरेलकै बलमा १३औं ओभरमा क्याच भए।
मक्मलेन आउट भएपछि इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौं विकेटको क्षतिमा ४९ रनको साझेदारी भयो। तीन रन लिने क्रममा इशान पाण्डे १७औं ओभरको पाँचौ बलमा रनआउट भएका थिए। इशानले १६ बलमा २ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे।
स्कट कुगेलेइनले ६ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। अन्तिम ओभरमा दीपेन्द्रलाई साथ दिएका बसन्त खत्रीले नटआउट ४ रन जोडे। बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट लिए। अस्ट्रेलियामा बसेर क्रिकेट खेलिरहेका अनिल एपिएलका लागि नेपाल आएका हुन्। उनले चार ओभरमा २६ रन खर्चिए।
विराटनगरका कप्तान सन्दीप लामिछाने एपिएलको दोस्रो खेलमा पनि विकेटविहीन बने। सुदुरपश्चिमविरूद्ध उनले चार ओभरमा ३१ रन खर्चिए।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












