जनकपुरधाममा आज भगवान श्रीराम र सीताको विवाह उत्सव
जनकपुरधाम ।
आजु मिथिला नगरिया निहाल सखिया… २
चारों दुलहा में बड़का कमाल सखिया… २
जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक गीत गुन्जिरहेको छ । यो गीतमा ‘मिथिलामा आज खुशी छाएको र चार दुलाहामध्ये जेठो (भगवान श्रीराम) अति सुन्दर’ रहेको वर्णन गरिएको छ ।त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि)मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ । जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको विवाहमा सहभागी हुन गाउँ गाउँबाट आएका श्रद्धालु र साधुसन्तले जनकपुरधाम भरिभराउ छ । महोत्सवको मुख्यदिन आज भगवान श्रीराम र माता सीताको रंगभूमि मैदानमा स्वयंबर गरिनेछ । राति हजारौं श्रद्धालुहरूको उपस्थितिमा जानकी मन्दिरमा विवाह (मालाफेर र सिन्दुरदान) समारोह हुने छोटा महन्त रामरोषण दास बैणव’ले जानकारी दिए । आज राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ । साथै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप पनि त्यहाँ लगिन्छ ।
रंगभूमि मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरिन्छ । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ । भगवान श्रीराम र सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ । त्यसैले भगवान श्रीरामको स्वयंवर विधि हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिन्छ ।
स्वयंवर सकेपछि श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएका जन्तीको लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याइन्छ । त्यहाँ आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ । आजै राति मिथिला परम्पराअनुसार भगवान श्रीराम र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।विवाह समारोहमा वर र वधु पक्षका साधुसन्त आपसमा हाँसो ठट्टा समेत गर्छन् । महिलाहरु लोकगित मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गर्छन् । वैवाहिक माहोल र श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।
यसअघि पहिलो दिन जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन फूलबारी लीला भयो । तेस्रो दिन ‘धनुष यज्ञ’, पाँचौं दिन तिलकोत्सव र छैठौं दिन मटकोर सम्पन्न गरिएको थियो ।जनकपुरधाममा जस्तै अन्य कैयौं ठाउँमा पनि हिन्दू धर्मावलम्बी तथा साधुसन्तहरु विवाह पञ्चमी मनाउँदै आएका छन् । सिरहा सदरमुकामस्थित राम मन्दिरमा पनि विधिपूर्वक भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...












