जनकपुरधाममा आज भगवान श्रीराम र सीताको विवाह उत्सव
जनकपुरधाम ।
आजु मिथिला नगरिया निहाल सखिया… २
चारों दुलहा में बड़का कमाल सखिया… २
जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक गीत गुन्जिरहेको छ । यो गीतमा ‘मिथिलामा आज खुशी छाएको र चार दुलाहामध्ये जेठो (भगवान श्रीराम) अति सुन्दर’ रहेको वर्णन गरिएको छ ।त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि)मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ । जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको विवाहमा सहभागी हुन गाउँ गाउँबाट आएका श्रद्धालु र साधुसन्तले जनकपुरधाम भरिभराउ छ । महोत्सवको मुख्यदिन आज भगवान श्रीराम र माता सीताको रंगभूमि मैदानमा स्वयंबर गरिनेछ । राति हजारौं श्रद्धालुहरूको उपस्थितिमा जानकी मन्दिरमा विवाह (मालाफेर र सिन्दुरदान) समारोह हुने छोटा महन्त रामरोषण दास बैणव’ले जानकारी दिए । आज राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ । साथै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप पनि त्यहाँ लगिन्छ ।
रंगभूमि मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरिन्छ । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ । भगवान श्रीराम र सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ । त्यसैले भगवान श्रीरामको स्वयंवर विधि हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिन्छ ।
स्वयंवर सकेपछि श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएका जन्तीको लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याइन्छ । त्यहाँ आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ । आजै राति मिथिला परम्पराअनुसार भगवान श्रीराम र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।विवाह समारोहमा वर र वधु पक्षका साधुसन्त आपसमा हाँसो ठट्टा समेत गर्छन् । महिलाहरु लोकगित मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गर्छन् । वैवाहिक माहोल र श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।
यसअघि पहिलो दिन जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन फूलबारी लीला भयो । तेस्रो दिन ‘धनुष यज्ञ’, पाँचौं दिन तिलकोत्सव र छैठौं दिन मटकोर सम्पन्न गरिएको थियो ।जनकपुरधाममा जस्तै अन्य कैयौं ठाउँमा पनि हिन्दू धर्मावलम्बी तथा साधुसन्तहरु विवाह पञ्चमी मनाउँदै आएका छन् । सिरहा सदरमुकामस्थित राम मन्दिरमा पनि विधिपूर्वक भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












