मधेस प्रदेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान
जनकपुरधाम, २१ मङ्सिरः मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय सात मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ । समयमै पानी परेको तथा मल तथा बिउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताउनुभयो ।
धानवाली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गत आवको तुलनामा चालु आवमा प्रतिहेक्टर शुन्य दशमलव पाँच मेट्रिकटन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गतवर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो । सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा ३७ हजार छ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।
पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ ।
महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ । जनकपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












