मधेस प्रदेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान
जनकपुरधाम, २१ मङ्सिरः मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय सात मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ । समयमै पानी परेको तथा मल तथा बिउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताउनुभयो ।
धानवाली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गत आवको तुलनामा चालु आवमा प्रतिहेक्टर शुन्य दशमलव पाँच मेट्रिकटन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गतवर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो । सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा ३७ हजार छ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।
पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ ।
महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ । जनकपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












