१३ वर्षपछि सिरिया ‘कब्जा’ नजिक विद्रोही, राष्ट्रपति अशद देश छाडेर भागेको दाबी
काठमाडौं । सिरियामा पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन्। विद्रोही लडाकुहरू तीन शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ। विद्रोहीले सिरियाको अलेप्पो, होम्स र दारा शहर कब्जा गरेर अहिले राजधानी ‘कब्जा’ गर्न दमास्कस घुसेका हुन्।
मिडिया रिपोर्ट अनसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल(असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ। यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ। संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ।
विद्रोहीले दारा शहर ७ डिसेम्बर मा कब्जा गरेका थिए। दारा त्यही शहर हो, जहाँ २०११ मा राष्ट्रपति बशर अल(असदविरुद्ध विद्रोहको सुरुवात भएको थियो। दारादेखि राजधानी दमास्कसको दुरी १०० किमो रहेको छ।
सिरियामा जरी यो संघर्षलाई रुस र इरानविरुद्ध अमेरिका र अन्य पश्चिमा देशहरुको द्वन्द्वका रुपमा समेत हेरिएको छ। त्यहाँको सरकारलाई रुस र इरानले समर्थन गर्दा विद्रोहीलाई अमेरिकाले हतियार र गोलिगठ्ठा उपलब्ध गराउँदै आएको छ। सिरियाको पछिल्लो घटनामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति ओबामाको नीतिहरू जिम्मेवार रहेको र त्यसमा रुस पनि भागिदार भएको बताए। ट्रम्पले यो आफ्नो लडाइँ नभएको बताए। उनले अमेरिका यो संघर्षमा सहभागी हुनु नपर्ने बताए।
पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो। त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए। साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे। त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












