१३ वर्षपछि सिरिया ‘कब्जा’ नजिक विद्रोही, राष्ट्रपति अशद देश छाडेर भागेको दाबी
काठमाडौं । सिरियामा पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन्। विद्रोही लडाकुहरू तीन शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ। विद्रोहीले सिरियाको अलेप्पो, होम्स र दारा शहर कब्जा गरेर अहिले राजधानी ‘कब्जा’ गर्न दमास्कस घुसेका हुन्।
मिडिया रिपोर्ट अनसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल(असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ। यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ। संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ।
विद्रोहीले दारा शहर ७ डिसेम्बर मा कब्जा गरेका थिए। दारा त्यही शहर हो, जहाँ २०११ मा राष्ट्रपति बशर अल(असदविरुद्ध विद्रोहको सुरुवात भएको थियो। दारादेखि राजधानी दमास्कसको दुरी १०० किमो रहेको छ।
सिरियामा जरी यो संघर्षलाई रुस र इरानविरुद्ध अमेरिका र अन्य पश्चिमा देशहरुको द्वन्द्वका रुपमा समेत हेरिएको छ। त्यहाँको सरकारलाई रुस र इरानले समर्थन गर्दा विद्रोहीलाई अमेरिकाले हतियार र गोलिगठ्ठा उपलब्ध गराउँदै आएको छ। सिरियाको पछिल्लो घटनामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति ओबामाको नीतिहरू जिम्मेवार रहेको र त्यसमा रुस पनि भागिदार भएको बताए। ट्रम्पले यो आफ्नो लडाइँ नभएको बताए। उनले अमेरिका यो संघर्षमा सहभागी हुनु नपर्ने बताए।
पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो। त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए। साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे। त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











