रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउँन सक्यो।
चितवनलाई कम स्कोरका रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले चार ओभर बलिङ गरेर १७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । त्यस्तै रेमोन सिमोन्डले २ विकेट लिँदा साद विन जफर र अविशेष गौतमले समान एक विकेट हात पारेका थिए ।
ब्याटिङतर्फ चितवनका वेन केनस्टाइन ३१ रन, नर बहादुर कार्की २२ रन, रिजन ढकाल २२ रन, कुशल मल्लले २० रन, रवि वोपारा १२ रन, विपिन रावल ५ रन, सन्तोष कार्की १० रन बनाए भने सोहेल तनविरले १ रन मात्र बनाउँन सफल भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।
पाँचौँ विकेटका लागि कप्तान रोहित पौडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए । लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो।
कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे।
ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए।
सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए।
चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे। सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।
मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्। चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दिपक बोहोराको स्थानमा नर बहादुर कार्कीलाई मौका दिएको छ।
लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले तथा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा सुदुरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुर बोल्ट्ससँगको खेल १ रनले गुमाएको थियो।
चितवनले पहिलो खेलमा काडमाण्डु गुर्खाजलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। आफ्नो तेस्रो खेलमा कर्णालीसँग भने ६ विकेटले पराजित हुँदा सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो।
आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











