रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउँन सक्यो।
चितवनलाई कम स्कोरका रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले चार ओभर बलिङ गरेर १७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । त्यस्तै रेमोन सिमोन्डले २ विकेट लिँदा साद विन जफर र अविशेष गौतमले समान एक विकेट हात पारेका थिए ।
ब्याटिङतर्फ चितवनका वेन केनस्टाइन ३१ रन, नर बहादुर कार्की २२ रन, रिजन ढकाल २२ रन, कुशल मल्लले २० रन, रवि वोपारा १२ रन, विपिन रावल ५ रन, सन्तोष कार्की १० रन बनाए भने सोहेल तनविरले १ रन मात्र बनाउँन सफल भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।
पाँचौँ विकेटका लागि कप्तान रोहित पौडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए । लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो।
कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे।
ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए।
सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए।
चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे। सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।
मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्। चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दिपक बोहोराको स्थानमा नर बहादुर कार्कीलाई मौका दिएको छ।
लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले तथा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा सुदुरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुर बोल्ट्ससँगको खेल १ रनले गुमाएको थियो।
चितवनले पहिलो खेलमा काडमाण्डु गुर्खाजलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। आफ्नो तेस्रो खेलमा कर्णालीसँग भने ६ विकेटले पराजित हुँदा सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो।
आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











