लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् ।
लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ ।
लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ ।
यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पूर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।
लिम्बू समुदायका प्रा अमर तुम्याङहाङका अनुसार चासोक पूजा देवीदेवताको कृपा प्राप्तिका लागि गरिन्छ । परम्परागत रूपमा यो पूजा घरघरमा गरिए पनि अहिले सामूहिक रूपमा चासोक तङनाम मनाउने चलन बढेको उहाँले बताउनुभयो । चासोक तङनाम सामूहिक रूपमा मनाउने क्रममा गाउँगाउँमा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य (यालाङ, च्याब्रूङ), र शुभकामना आदानप्रदान गरिने तुम्याङहाङले जानकारी दिए ।
किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा सुरू गरेको छ । पूजामा युमा, थेबा, थङदाङबा, र अन्य देवीदेवतालाई पुजिन्छ ।
पूजा सहजताका लागि सर्वप्रथम ‘मिसेक्पा पूजा’ गरिन्छ, जसले बाधारहित पूजा सम्पन्न हुने विश्वास गरिन्छ । किराँत समुदायका पूजारी सुने लिम्बूका अनुसार चासोक तङ्नामले कृषि, धर्म, र सांस्कृतिक एकतालाई प्रतिविम्बित गर्दछ ।
Comments
अरु समाचार
-
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उनको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार, कारोबारमा महिलाको सक्रियता
धरान (सुनसरी): मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
पुस १ गते आज लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौँ : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ...
-
आजको राशिफल: २०८१ पुस १ गते साेमवार
मेष मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार
काठमाडौं । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको...
-
एमाले कार्यशालाको सङ्कल्प-वडा केन्द्रित अभियानदेखि कुप्रचारविरुद्ध प्रतिवाद गर्ने
काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको...
-
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काठकमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थलसेनाध्यक्ष जनरल...