लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् ।
लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ ।
लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ ।
यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पूर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।
लिम्बू समुदायका प्रा अमर तुम्याङहाङका अनुसार चासोक पूजा देवीदेवताको कृपा प्राप्तिका लागि गरिन्छ । परम्परागत रूपमा यो पूजा घरघरमा गरिए पनि अहिले सामूहिक रूपमा चासोक तङनाम मनाउने चलन बढेको उहाँले बताउनुभयो । चासोक तङनाम सामूहिक रूपमा मनाउने क्रममा गाउँगाउँमा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य (यालाङ, च्याब्रूङ), र शुभकामना आदानप्रदान गरिने तुम्याङहाङले जानकारी दिए ।
किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा सुरू गरेको छ । पूजामा युमा, थेबा, थङदाङबा, र अन्य देवीदेवतालाई पुजिन्छ ।
पूजा सहजताका लागि सर्वप्रथम ‘मिसेक्पा पूजा’ गरिन्छ, जसले बाधारहित पूजा सम्पन्न हुने विश्वास गरिन्छ । किराँत समुदायका पूजारी सुने लिम्बूका अनुसार चासोक तङ्नामले कृषि, धर्म, र सांस्कृतिक एकतालाई प्रतिविम्बित गर्दछ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












