युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका र सहयोगीहरू
किएभ । दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन् । प्योङयाङले रुसको युद्ध प्रयासलाई बलियो बनाउन हजारौँ सेना पठाएको छ । तीमध्ये कुर्स्क सीमा क्षेत्रमा युक्रेनले सोमबार आफ्ना लडाकुहरूबाट कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको रिपोर्ट गरेको छ ।
“युक्रेन विरुद्धको रुसको आक्रामक युद्धलाई उत्तर कोरियाको प्रत्यक्ष समर्थनले द्वन्द्वको खतरनाक विस्तारलाई चिह्नित गर्दछ, यसले युरोपेली र इन्डो–प्यासिफिक सुरक्षाका लागि गम्भीर परिणामहरू निम्त्याउँछ”, वक्तव्यमा भनिएको छ । अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री र इयुका उच्च प्रतिनिधिले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
उनीहरूले रूसले उत्तर कोरियाको व्यापक विनाशका हतियारहरू समावेश गैरकानूनी हतियार कार्यक्रमहरूलाई राजनीतिक, सैन्य वा आर्थिक सहयोग प्रदान गर्नसक्ने सम्भावनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको बताएका छन् । सन् २०२२ फेब्रुअरीमा मस्कोको युक्रेन आक्रमणपछि उत्तर कोरिया र रूसले आफ्ना सैन्य सम्बन्धहरू बलियो बनाएका छन् । विशेषज्ञहरूका अनुसार आणविक हतियार सम्पन्न उत्तर कोरियाका नेता किम जोङ उन मस्कोबाट उन्नत प्रविधि र आफ्ना सैनिकहरूका लागि युद्ध अनुभव प्राप्त गर्न उत्सुक हुनुहुन्छ ।
वक्तव्यमा हस्ताक्षर गर्नेहरूले ‘युक्रेन विरुद्धको युद्धभूमिमा प्रयोग गर्नाका लागि रुसमा उत्तर कोरियाका सेनाहरू तैनाथ गर्ने’ सहित ‘बढ्दो सैन्य सहयोगको कडा शब्दहरूमा निन्दा’ गरेको बताएका छन् । “प्योङयाङद्वारा रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र, तोप र अन्य सैन्य सामग्रीको निर्यातका साथै उत्तर कोरियाली सैनिकहरूलाई हतियारसहितको मस्कोको प्रशिक्षणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको स्पष्ट उल्लङ्घनको प्रतिनिधित्व गर्दछ”, उनीहरूले वक्तव्यमा भनेका छन्, “हामी उत्तर कोरियालाई युक्रेन विरुद्धको रुसको आक्रामक युद्धका लागि आफ्ना सेना फिर्ता गर्नेसहित सबै सहयोग तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ ।”अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएका छन् ।
Comments
अरु समाचार
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको...













