शेखरले भने- एमालेसँगको सहकार्य तरबारको धारमा हिँडे जस्तै हो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे ।
उनले भने, ‘एमालेसँगको सहकार्यपछि हामी तरबारको धारमा हिँडिरहेका छौं । जो साथीहरु मन्त्री भएर जानुभएको छ, उहाँहरुले सरकारसँग सहकार्य गरेर जाने, हामी बाहिर भएकाहरुले हाम्रो प्रतिस्पर्धी भनेको एमाले नै हो । जुनसुकै तहको निर्वाचन भए पनि त्यसैले प्रतिस्पर्धा पनि गर्न जरुरी छ । मन्त्रीहरुले सहकार्य नगरे सरकार चल्दैन, तर हाम्रो प्रतिद्वन्द्वी एमाले नै भएकाले प्रतिस्पर्धा गर्नुपर्छ ।’
उनले सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बताए । कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न नहुने उनको भनाइ छ । नेता कोइरालालले भने, ‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’
उनले सरकारको राजस्व बढाउन सबैलाई चिन्ता भए पनि प्रधानमन्त्रीलाई नभए जस्तो देखिएको बताए । उनले पार्टी विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेको भए पनि आफूहरुको विरोधले रोकिएको सुनाए ।उनले सहकारी प्रकरणमा मान्छे समात्नमा मात्रै सरकार केन्द्रित भएको भन्दै पीडितलाई राहत दिनतर्फ नलागेको आरोप लगाए । उनले सरकारकाे ध्यान नगएपछि पीडितहरु सडकमा धेरै निस्कन थालिसकेको सुनाए ।
नेता कोइरालाले थपे, ‘दुई तिहाइको शक्तिशाली सरकार छ, हामीले अझै टाइट गरेर अगाडि बढ्न सकेनौं भनेर अप्ठेरो स्थिति आउनसक्छ । त्यो कुरालाई हामीले मध्यनगर गरेर अघि बढ्नुपर्छ । यो सरकारलाई असफल हुने छुट पनि छैन ।’
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












