शेखरले भने- एमालेसँगको सहकार्य तरबारको धारमा हिँडे जस्तै हो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे ।
उनले भने, ‘एमालेसँगको सहकार्यपछि हामी तरबारको धारमा हिँडिरहेका छौं । जो साथीहरु मन्त्री भएर जानुभएको छ, उहाँहरुले सरकारसँग सहकार्य गरेर जाने, हामी बाहिर भएकाहरुले हाम्रो प्रतिस्पर्धी भनेको एमाले नै हो । जुनसुकै तहको निर्वाचन भए पनि त्यसैले प्रतिस्पर्धा पनि गर्न जरुरी छ । मन्त्रीहरुले सहकार्य नगरे सरकार चल्दैन, तर हाम्रो प्रतिद्वन्द्वी एमाले नै भएकाले प्रतिस्पर्धा गर्नुपर्छ ।’
उनले सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बताए । कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न नहुने उनको भनाइ छ । नेता कोइरालालले भने, ‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’
उनले सरकारको राजस्व बढाउन सबैलाई चिन्ता भए पनि प्रधानमन्त्रीलाई नभए जस्तो देखिएको बताए । उनले पार्टी विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेको भए पनि आफूहरुको विरोधले रोकिएको सुनाए ।उनले सहकारी प्रकरणमा मान्छे समात्नमा मात्रै सरकार केन्द्रित भएको भन्दै पीडितलाई राहत दिनतर्फ नलागेको आरोप लगाए । उनले सरकारकाे ध्यान नगएपछि पीडितहरु सडकमा धेरै निस्कन थालिसकेको सुनाए ।
नेता कोइरालाले थपे, ‘दुई तिहाइको शक्तिशाली सरकार छ, हामीले अझै टाइट गरेर अगाडि बढ्न सकेनौं भनेर अप्ठेरो स्थिति आउनसक्छ । त्यो कुरालाई हामीले मध्यनगर गरेर अघि बढ्नुपर्छ । यो सरकारलाई असफल हुने छुट पनि छैन ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












