बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । ‘६९ औं बार दिवस २०८१ तथा न्यायिक विचार विमोचन ‘ कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । न्यायाधीश फुयाँलले भन्नुभयो, “बार र कानुन व्यवसायी भएमा न्यायालयलाई खबरदारी हुनेछ ।” न्यायाधीश फुयाँलले सर्वोच्चमा थाँती रहेका ३३ हजार मुद्धाको सुनुवाई सकेर २५ हजार कायम गरिएको जानकारी दिनु भयो । उहाँले सक्षम न्यायापालिका बनाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु दृढ रहेको पनि बताउनु भयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्यनको चरणमा रहेको हुँदा कार्यान्वयन गर्ने पक्षहरुले आफ्नो जिम्मेवरी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । ” प्रतिवेदनको प्रयोगबाट न्यायालयमा सुधारका संकेतहरु देखिएको छ”, न्यायाधीश ढकालले भन्नुभयो । कार्यक्रममा न्यायपरिषद्का निवर्तमान सदस्य रामप्रसाद श्रेष्ठलगायतले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उच्च अदालत विराटनगर बार एशोसिएशनका संस्थापक अध्यक्ष विश्वनाथ बास्तोला र सचिव वरिष्ठ अधिवक्ता योगन्द्र शर्मा न्यौपानेलाई सम्मान गरियो । यसैगरी बारका पूर्वअध्यक्ष रामबहादुर निरौलालाई मरणोपरान्त सम्मान गरिएको छ ।
औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अघि ट्राफिक चोकदेखि होटल स्टर्न स्टारसम प्रभात फेरी गरिएको थियो । ‘६९ औं बार दिवस- २०८१’ को अवसरमा प्रभात फेरी गरिएको हो । प्रभात फेरीमा कोशी प्रदेशका बार इकाइका प्रमुख तथा प्रतिनिधि, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, प्रहरी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












