बार र कानुन व्यवसायी सक्षम भए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन व्यवसायी सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । ‘६९ औं बार दिवस २०८१ तथा न्यायिक विचार विमोचन ‘ कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । न्यायाधीश फुयाँलले भन्नुभयो, “बार र कानुन व्यवसायी भएमा न्यायालयलाई खबरदारी हुनेछ ।” न्यायाधीश फुयाँलले सर्वोच्चमा थाँती रहेका ३३ हजार मुद्धाको सुनुवाई सकेर २५ हजार कायम गरिएको जानकारी दिनु भयो । उहाँले सक्षम न्यायापालिका बनाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु दृढ रहेको पनि बताउनु भयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्यनको चरणमा रहेको हुँदा कार्यान्वयन गर्ने पक्षहरुले आफ्नो जिम्मेवरी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । ” प्रतिवेदनको प्रयोगबाट न्यायालयमा सुधारका संकेतहरु देखिएको छ”, न्यायाधीश ढकालले भन्नुभयो । कार्यक्रममा न्यायपरिषद्का निवर्तमान सदस्य रामप्रसाद श्रेष्ठलगायतले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उच्च अदालत विराटनगर बार एशोसिएशनका संस्थापक अध्यक्ष विश्वनाथ बास्तोला र सचिव वरिष्ठ अधिवक्ता योगन्द्र शर्मा न्यौपानेलाई सम्मान गरियो । यसैगरी बारका पूर्वअध्यक्ष रामबहादुर निरौलालाई मरणोपरान्त सम्मान गरिएको छ ।
औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अघि ट्राफिक चोकदेखि होटल स्टर्न स्टारसम प्रभात फेरी गरिएको थियो । ‘६९ औं बार दिवस- २०८१’ को अवसरमा प्रभात फेरी गरिएको हो । प्रभात फेरीमा कोशी प्रदेशका बार इकाइका प्रमुख तथा प्रतिनिधि, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, प्रहरी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...











